
जुम्ला।
जुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका–६ स्थित सुडी गाउँका ३५ वर्षीय जंग बहादुर रावतको भिरबाट लडेर मृत्यु भएको तिला गाउँपालिकामा रहेको रारालिही प्रहरी चौकीले जनाएको छ ।
शनिबार बिहान करिब ७ः१५ बजे दाउरा काट्न जंगल गएका रावत अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी कार्य सुरु गरेका थिए ।
खोजतलासका क्रममा घरबाट करिब २ किलोमिटर टाढा रहेको साटले जंगलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा रावतको शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।