काठमाडौं ।
स्पेनको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउने भन्दै नेपाली युवासँग प्रतिव्यक्ति १५ लाख रुपैयाँ असुली गरेर विदेश पठाउने गिरोहमाथि मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६३ अनुसार अनुसन्धान हुन सक्ने देखिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नक्कली कागजात बनाई, झूटो आश्वासनमा युवाहरुलाई स्पेन लैजाने काम मानव तस्करीको परिधिमा पर्न सक्छ।
धेरै युवाहरु भिसा नपाएर विमानस्थलमै रोकिएका छन् भने केही स्पेन छिरेर अन्य युरोपेली मुलुक पुगेका छन्। ठगिएको भन्दै केही युवाहरुले रकम फिर्ताको माग गरिरहेका छन्।
कानुनी विशेषज्ञहरुका अनुसार पीडितले उजुरी दिएमा ठगी, आपराधिक विश्वासघात र मानव तस्करीजस्ता कसुरमा कारबाही अघि बढ्न सक्छ। तर अनुसन्धानका लागि पीडित आफैँ आउनुपर्ने प्रहरीको भनाइ छ।


यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।