
काठमाडौं ।
घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्।
भूमि आयोग गठन र मालपोत प्रमुखको सरुवासम्बन्धी ७८ लाख रुपैयाँको घुस माग गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले गुप्तालाई छलफलका लागि बोलाएका हुन्।
मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने आवाज चर्किंदै गएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।