धरान ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका छन्। उनले उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउनका लागि सो जग्गा आवश्यक परेको जनाउँदै “छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा तत्काल फिर्ता गर्न माग गरेका छन्।
‘कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिई पठाएछ थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला।”नगर प्रमुख हर्कराज राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।
नगर प्रमुख साम्पाङले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत दिएका छन्।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।