
काठमाडौँ ।
काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको छ।
उदयपुर घर भई हाल वनस्थली बस्ने रिजालले चलाएको स्कुटर बिहीबार बिहान साढे २ बजे प्रज्ञा भवनअगाडि अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएको थियो।
गम्भीर घाइते रिजाललाई ट्रमा सेन्टर लगिएको भए पनि उपचारका क्रममा निधन भएको हो। घटनाको अनुसन्धान मालिगाउँ प्रहरी वृत्तले गरिरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।