३० असोज , काठमाडौं – रक्षामन्त्री भीमसेनदास प्रधानले देशमा भएका विभिन्न परिवर्तनमा नेवारी समुदायको महत्वपूर्ण भूमिका रहे पनि उनीहरु राजनीतिमा सक्रिय हुन नसकेकाले नेवारी परम्परा तथा सभ्यताको विकास नभएको बताउनुभएको छ ।
स्यस्य समाजले ११३८ नेपाल संवत्का अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले नेपाल संवत् हाम्रो मौलिक संस्कृति हो, यो राष्ट्रिय संवत् भए पनि कार्यान्वयनमा चुनौती छ भन्दै नेवारी संस्कृतिको संरक्षणका लागि विभिन्न दलमा आबद्ध नेता एकजुट हुनुपर्ने बताउनुभयो । प्रा सुन्दरकृष्ण जोशीले नेपाल संवत्को प्रवद्र्धनमा जोड दिनुभयो ।
रासस