
काठमाडौं ।
सिरहाको लहान–३ अस्पताल चोकमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको मधुवनी जिल्ला लौकाहा बजारका २४ वर्षीय राहुल कुमार शनिबार बिहान ९:३० बजे यात्रुवाहक बसमा सवार रहँदा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएका हुन्।
उनलाई भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।