
काठमाडौं ।
आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर तोलामा २ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।