
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनै प्रकारको राजनीतिक सम्झौता नहुने स्पष्ट पारेका छन्। शनिबार राति बालुवाटारमा कर्णाली प्रदेशका केन्द्रीय नेताहरूसँग तीन घण्टा लामो छलफलमा ओलीले भण्डारीसँगको सम्बन्ध, पार्टीभित्रको समस्या र आगामी रणनीतिबारे धारणा राखेका थिए।
ओलीले भण्डारीलाई दोस्रोपटक राष्ट्रपति बनाउनेमा आफूले क्याम्पेन गरेको स्मरण गर्दै, अब उनीसँग सहमति सम्भव नभएको बताए। उनले भण्डारीलाई ‘राजनीतिमा फर्कन नमिल्ने’ भन्ने जानकारी पहिल्यै दिएको उल्लेख गर्दै, पार्टी निर्णयको पालना गर्न निर्देशन दिए।
पूर्वराष्ट्रपति भण्डारीले बालुवाटारमा भेटेर ‘अलोकप्रिय हुनुभयो’ भनेको आरोपसमेत ओलीले नेताहरूसँग साझा धारणा राखेका थिए । ओलीले भने, “अब पार्टीले निर्णय गरिसकेको छ, त्यसमा परिवर्तन हुँदैन। कार्यान्वयनमा लाग्नूस्।”
पार्टीभित्र नेतृत्व हस्तान्तरण र भविष्यको भूमिकालाई लिएर ओली र भण्डारीबीच मतभेद चुलिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।