३१ असोज , काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले मधेसमा एक लाख वढी मत वढाएको छ।अघिल्लो संविधानसभा निर्वाचनमा दुई नम्वर प्रदेशका आठ जिल्लामा प्राप्त गरेको कुल मत भन्दा अहिले स्थानिय तहमा कुलमा एक लाख ९ हजार भन्दा वढी मत माओवादीले पाएको छ।
स्थानिय तह निर्वाचनमा माओवादीले दुई नम्वर प्रदेशवाट कुल ३ लाख २१ हजार १०२ मत पाएको छ।कुल मतदाता २६ लाख ६४ हजार ९५० मतदाताबाट उसले अघिल्लो ०७० को संविधानसभा निर्वाचन भन्दा १ लाख ९ हजार ६ सय २३ मत वढी पाएको हो।
निर्वाचन आयोगको तथ्याक अनुसार, ०७० साल यता दुई नम्वरका आठ जिल्लामा कुल ३६ हजार ८४३ मतदाता थपिएका थिए। स्थानिय तह निर्वाचनमा माओवादीले मधेसवाट प्राप्त गरेको मत परिणाम ‘उत्साहप्रद’ भएको माओवादीका दुई नम्वर प्रदेश इन्चार्ज मातृका यादवले वताए।’मतका हिसावले हाम्रो मधेसमा निकै ठूलो प्रगति भएको छ।
जितको संख्या अपेक्षित नआएपनि पार्टीले प्राप्त गरेको समग्र मत, नतिजा सवै हेर्दा उत्साहप्रद छ।हामी सन्तुष्ट छौं,’ यादवले भने।
०७० सालको दोश्रो पटकको संविधानसभामा माओवादीले पहिलो संविधानसभाको भन्दा मधेसका आठ जिल्लामा ६५ हजार २३७ मत कम पाएको थियो। पहिलोमा भन्दा दोश्रो संविधानसभा निर्वाच्नमा घटेको मत अहिले स्थानिय तह निर्वाचनमा माओवादीले वढाएको हो।
दोश्रो संविधानसभाको निर्वाचनको भन्दा १ लाख वढी मत उसले अहिले वढाएको छ। पहिलो संविधानसभामा उसले प्राप्त गरेको मत सुरक्षित राख्दै अहिले उसले झण्डै ५० हजार मत थप बढाएको छ।
यो खबर आजको अन्नपुर्ण पोष्टमा खबर छ ।