३१ असोज , काठमाडौँ – ट्राफिक महाशाखाले पर्यटकीय क्षेत्र ठमेलमा सवारी व्यवस्थापनलाई कडाई गर्ने भएको छ । महाशाखाले उपत्यकाको सवारी अस्तव्यस्तताले ठमलेको वातावरणमा नकरात्मक प्रभाव पारेको भन्दै ठमेल क्षेत्रमा सवारी व्यवस्थापनमा कडाई गर्ने भएको हो ।
राजधानीमा आयोजित कार्यक्रममा ट्राफिक महाशाखाले पर्यटकीय गन्तब्य भएपनि सवारीको अस्त ब्यस्तताले ठमेलको वातावरण असहज र प्रदुसित बन्दै गएकोले सवारी साधनको आगमन र पार्किङलाई ब्यवस्थित र कडाई गरिने जनाएको छ ।
महाशाखा प्रमुख सर्वेन्द खनालले ठमेललाई भेईकल फ्रिजोन घोषणा गर्ने र पर्यटन क्षेत्रलाई नमुनाको रुपमा विकास गर्ने बताउँदै विशेष परिस्थितिमा बाहेक अनावश्यक रुपमा सवारी साधन प्रवेशमा रोक लगाइने बताउनुभयो ।
त्यसैगरी ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा बढ्दो बेथिति ,र ट्राफिक व्यवस्थापनले अस्तव्यस्त भएकाले त्यसलाई हटाउनका लागि ट्राफिक महाशाखासँगको महिनौँ देखिको छलफल पश्चात ट्राफिक व्यवस्थापनमा नयाँ नियम निर्माण गरिएको बताउनुभयो ।
उहाँले स्थानीय सरकार, महानगरीय प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद् , पर्यटन ब्यवसायी तथा स्थानीय बासिन्दाहरुको समझदारीमा ठमेल भित्र सवारी आवगमनमा रोक लगाउने निष्कर्षमा पुगिएको बताउनुभयो ।
ठमेलमा भेइकल फ्रि जोन कार्तिक ५ गतेदेखि नै कार्यान्वायन गर्ने तयारी गरिएको छ । व्यवस्थित ढंगले ठमेललाई विकास गर्न ज्याठा मार्ग र त्रिदेवी मार्गलाई दुई तर्फ बनाइने समेत ट्राफिक महाशाखाको भनाई छ ।