
काठमाडौं ।
नेपाल प्रेस युनियनले सदस्यता अभियान २०८२ को शुभारम्भ गरेको छ। काठमाडौंको कालिन्चोक रेष्टुरेन्ट, बिजुली बजारमा आयोजित कार्यक्रममा अभियान सुरु गरिएको हो। कार्यक्रम दिउँसो २ बजे सुरु भएको थियो।
कार्यक्रमको आयोजन नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको हो। पत्रकारहरूको हित र संगठन सुदृढ बनाउने उद्देश्यका साथ यो सदस्यता अभियान सञ्चालन गरिएको युनियनले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।