
विराटनगर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताहरूसँग संवाद गर्दै सबैको अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएका छन्। कांग्रेस वडा समिति विराटनगर–४ द्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले देउवालाई घरमै अरू दलका नेताहरुलाई चिया खुवाएर मुलुकको विकासबारे छलफल गर्न आग्रह गरे।
उनले लोकतन्त्रको स्थायित्वका लागि युवालाई कांग्रेसमा आकर्षित गर्नुपर्नेमा जोड दिए। कांग्रेस कमजोर भए लोकतन्त्र र देश नै कमजोर हुने भन्दै उनले आन्तरिक प्रतिस्पर्धाको इगोले कांग्रेस आफैंलाई हराउने प्रवृत्ति हटाउनुपर्ने बताए। एमालेलगायतका दलसँग प्रतिस्पर्धा गर्न कांग्रेस एकढिक्का हुनुपर्ने उनको भनाइ थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।