
काठमाडौं ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशी नदीमा हामफालेपछि बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो मलुवा भन्ने स्थानबाट उनी नदीमा हामफालेका थिए। प्रत्यक्षदर्शीको सूचनापछि प्रहरी र स्थानीय टोलीले खोजी कार्य जारी राखेका छन्।
हालसम्म माझीको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।