
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज बेलुका ७ बजे सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डका उच्च स्रोतका अनुसार परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
नतिजा सार्वजनिक गर्न आवश्यक सबै प्रक्रिया अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो ।
विद्यार्थीहरूले नतिजा बोर्डको वेबसाइट, एसएमएस तथा मोबाइल एपमार्फत हेर्न सक्नेछन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।