
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्ने अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने भएको छ।
आदेश प्रचलित कानून र न्याय सिद्धान्त विपरीत रहेको निष्कर्षसहित उच्च सरकारी वकिल कार्यालय, पाटनलाई प्रतिवेदन तयार गर्न निर्देशन दिइएको प्रवक्ता उद्धव पुडासैनीले जानकारी दिए।
उनले यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन नगर्ने दाबी गरे।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।