
काठमाडौ ।
साउन १४ गते प्रमाणिकरण गरिएका केही ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरणको अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई दिने प्रावधानप्रति नेपाल पत्रकार महासंघले कडा विरोध जनाएको छ।
महासंघले आज सञ्चारमन्त्रीलाई भेटी सरोकारवालासँग छलफल नगरी एकतर्फी रूपमा संशोधन गरिएकोमा गम्भीर असन्तुष्टि जनाएको हो।
महासंघले सिडिओलाई यस्तो अधिकार दिनु प्रेस स्वतन्त्रताको विरोधमा रहेको बताउँदै उक्त व्यवस्थाविरुद्ध सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएको छ।