
काठमाडौँ ।
राष्ट्रिय सभाको बैठक आज बिहान ११:१५ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले जलस्रोत विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन्। साथै, सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार सम्बन्धी पत्रको जानकारी गराउने कार्यक्रम पनि बैठकमा रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।