
काठमाडौं ।
प्रधानमन्त्री के.पी. शर्मा ओली एलएलडिसी (भूपरिवेष्टित विकासशील राष्ट्रहरू) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किंदैछन्।
साउन १८ गते तुर्कमेनिस्तानको अवाजा शहर गएका उनले सम्मेलनमा अध्यक्षका रूपमा सम्बोधन गरेका थिए। सम्मेलन साउन २० देखि २३ गतेसम्म भएको थियो। यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूसँग भेटवार्ता पनि गरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।