
ओखलढुङ्गा ।
ओखलढुङ्गा जिल्लामा अपाङ्गता भएकाहरू लाई विभिन्न प्रकारका ७ सय ७ वटा साहयता सामाग्री बितरण गरिएको छ । जिल्लाका ६ सय ६१ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ७ सय ७ वटा साहयता सामाग्री बितरण गरिएको हो ।
कोशी प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम द्धारा आर्थिक वर्ष २०८१–०८२ मा उक्त साहयता सामाग्रीहरू बितरण गरिएको हो ।
जिल्लामा रहेका अपाङ्गता भएकाहरू लाई आवश्यकताको आधारमा ४ सय १२ जना पुरुष र २ सय ४९ जना महिलाहरूलाई सहायक सामाग्री बितरण वितरण गरिएको करुणा फाउण्डेसनले जनाएको छ ।
करुणा फाउण्डेसन ओखलढुङ्गाले यही श्रावण २८ गतेका दिन गरेका वार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजानिक गरिएको हो । ओखलढुङ्गामा ४ हजार ४ जना अपाङ्गता भएका ब्यक्तिहरू रहेकोमा गएको आर्थिक वर्षमा ७ सय ७ वटा साहयता सामाग्री बितरण गरिएको करुणा फाउण्डेसन नेपाल संयुक्त जिल्ला कार्यलय ओखलढुङ्गाका संयोजक जनार्दन सुवेदीले बताएका छन ।
वितरण गरिएका सामाग्रीहरू मध्ये सिद्धिचरण नगरपालिकामा ६७ वटा, चिशंखुगढी गाउँपालिकामा १२१ वटा, मोलुङ गाउँपालिकामा मा ८६ वटा, खिजीदेम्बा गाउँपालिकामा ९८ वटा, सुनकोशी गाउँपालिकामा ९३ वटा, मानेभञ्ज्याङ गाउँपालिकामा ८२ वटा, लिखुमा ५४ वटा, र चम्पादेवी गाउँपालिकामा १०६ वटा सामाग्री वितरण गरिएको छ ।
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम द्धारा गएको आर्थिक वर्षमा १९ प्रकारका साहयता सामाग्री वितरण गरिएको छ । जिल्लमा एङकल फुट अर्थाेसिस ९ वटा, एयर म्याट्रेस १ वटा, बैशाखी ८ वटा, कक अप स्प्लिीन्ट २ वटा, सि पि चियर ५ वटा, क्रचेच २१ वटा, विशेष जुत्ता १८ वटा, चस्मा वटा वितरण गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।