
काठमाडौं ।
मकवानपुरका किसानहरू पछिल्लो समयमा ड्रागन फ्रुटको व्यवसायिक खेतीमा बढी रुचि देखाउँदै आएका छन्। उत्पादन क्षमता र राम्रो आम्दानीका साथै बजारमा बढ्दो मागका कारण कृषकहरू यसतर्फ उन्मुख भएका हुन्।
पदमपोखरीका फेन्चु लामाले १ बिघा क्षेत्रफलमा रेड साइन, सी भेराइटी, अमेरिकन ब्युटि र सेतो जातका गरी चार प्रकारका ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ।
लामाका अनुसार, ड्रागन फ्रुटको आयु करिब १५ वर्षसम्म हुन्छ र वैशाखदेखि कात्तिकसम्म यसको मुख्य माग रहँदा वर्षभरि उत्पादन सम्भव भएकाले बजार स्थिर रहन्छ।
कृषकहरूका लागि यो खेती आर्थिक दृष्टिले लाभदायक साबित हुँदै गएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।