
काठमाडौं ।
उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा फेरि चर्चा सुरु भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले उनलाई हटाउने तयारी थालेका हुन्। संविधानअनुसार उपसभामुख हटाउन संसदको दुई तिहाइ अर्थात् १८४ मत आवश्यक पर्छ।
हाल सत्ता गठबन्धनमा रहेका कांग्रेस, एमाले, जसपा, जनमत, र लोसपाका जम्मा १८१ सांसद छन्। कांग्रेसका मोहन बस्नेत र एमालेका टोपबहादुर रायमाझी निलम्बित छन्। बाँकी ३ मतका लागि नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल वा विपक्षी दलको समर्थन आवश्यक हुनेछ।
रानामाथि पदीय आचरण नदेखिएको आरोपसहित हटाउने तयारी भएपनि पूर्ण बहुमत जुटाउने चुनौती सत्तापक्षलाई छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।