
काठमाडौं ।
देशभर मनसुन सक्रिय भइरहेकाले पहाडी तथा केही तराई भूभागमा बदली र वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति पनि देशका पहाडी भूभागमा बदलीसहित वर्षा जारी रहनेछ।
गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले यात्रा गर्दा पछिल्लो मौसमबारे जानकारी लिन आग्रह गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।