
काठमाडौँ ।
काठमाडौँमा भएको ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सवमा नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख रहेको बताएका छन्।
उनले यस्तो अवस्थाबाट उकास्न विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
कोइरालाले अनुदानका साना सहयोगले मात्र विद्यालय विकास नहुने उल्लेख गर्दै शिक्षा लोकतन्त्रको आधार भएकाले शिक्षामा पहिलो प्राथमिकता दिनुपर्ने बताए।
सामुदायिक विद्यालयलाई सबल बनाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।