
काठमाडाैं ।
नेपाल पत्रकार महासङ्घले कोशी प्रदेश सरकारले ल्याएको ‘आम सञ्चार सम्बन्धी विधेयक २०८१’ प्रेस स्वतन्त्रतामाथि आघात गर्ने खालको भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
डेढ लाख रुपैयाँसम्म जरिवाना र सञ्चारमाध्यमको इजाजत पत्र खारेज गर्ने जस्ता प्रावधान रहेको विधेयक प्रदेश सभाको समितिबाट पारित भइसकेको छ।
महासङ्घले संविधानविपरीतका प्रावधान सच्याउन माग गर्दै नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।