
काठमाडौं ।
बहराइनमा बैंकिङ ठगी र फर्जीको आरोपमा ७ नेपाली एक वर्षदेखि जेलमा छन्। उनीहरूमाथि बैंक कार्ड प्रयोग गरी प्रति व्यक्ति ३०–४० हजार बहराइनी दिनार ऋण लिएको आरोप छ। दूतावासका अनुसार ती नेपालीले पाकिस्तानी नागरिकले आफ्नो कार्ड दुरुपयोग गरेको बताएका छन्।
बहराइन सरकारले घटनालाई गम्भीर अपराध मानेको छ र केहीलाई तीन वर्षसम्मको जेल सजाय सुनाएको छ। नेपाली दूतावासले बहराइन सरकारसँग थप जानकारी मागेको छ। पीडितका परिवारले नेपाल सरकारसँग सहयोगको अपिल गरेका छन्।
बहराइनसहित खाडी मुलुकमा कैयौं नेपाली विभिन्न आरोपमा जेलमा छन्। वैदेशिक रोजगारीमा निस्कँदा थुप्रै नेपाली विदेशी कानुनी फन्दामा परिरहेको अवस्था दूतावासहरूले जनाएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।