
काठमाडौँ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रौतहटमा सुटकेसभित्र महिलाको शव भेटियो, पहिचान खुल्न बाँकी
सञ्जय कार्की।
रौतहट।
रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर – सिर्सिया सडक खण्ड अन्तर्गत मुडवला जाने बाटोको मोडमा सुटकेसभित्र एक महिलाको सब भेटिएको छ। गए राती छाडिएको वेवारिशे सुटकेसबाट एक महिलाको शव भेटिएको छ।
सुटकेश भित्र भेटिएको महिलाको अहिलेसम्म कुनै पहिचान नभइसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार रसिले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको छ। महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।