
काठमाडौं ।
शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकको कतिपय प्रावधान निजी विद्यालय हित विपरित रहेको भन्दै निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए ले संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
संयुक्त विज्ञप्तिमा कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने प्रावधान हटाउन, पूर्ण छात्रवृत्ति भन्ने शब्द खारेज गर्न, पोशाक, पुस्तक, यातायात, खाना जस्ता सुविधा अनिवार्य गराउने प्रावधान हटाउन, छात्रवृत्ति वितरण अधिकार विद्यालयमै राख्नुपर्ने लगायतका प्रमुख मागहरू राखिएका छन्।
आन्दोलन अन्तर्गत भदौ १३ गते देशभर बृहत खबरदारी सभा, भदौ १६ गते विद्यालय बससहितको याली लगायतका कार्यक्रम तय गरिएको छ।
भदौ १८ गतेसम्म पनि मागको सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।