काठमाडौँ ।
पूर्व जोड्ने प्रमुख बीपी राजमार्गको करिब २९.५ किलोमिटर भाग बाढीले क्षति गरेपछि अस्थायी रूपमा सञ्चालनमा छ।
वर्षा नरोकिएकाले दसैँमा पुनः अवरुद्ध हुने जोखिम बढेको छ। विभागले ३५ वटा उपकरण तयारी अवस्थामा राखेको भए पनि स्थायी पुनर्निर्माण चाडपर्वपछि मात्र सुरु हुने जनाएको छ।
हालसम्म ३ खण्डको ठेक्का भइसकेको र एक खण्ड जाइकाले बनाउने भएको छ। ८ अर्ब ५० करोड लागतमा २ वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।