
काठमाडौं ।
सरकारविरुद्ध जारी जनप्रदर्शन चर्कंदै गएपछि पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको दहचोकस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, र नेताहरूको बिलासी जीवनशैलीविरुद्ध देशभर जेनजी युवाहरूले आन्दोलन चर्काएका हुन्।
सोमबारदेखि सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा हालसम्म १९ जनाको ज्यान गएको छ। घटनापछि देशभर आक्रोश झनै बढेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।