
काठमाडौँ।
यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मारिनेको संख्या ५५ पुगेको छ।आन्दोलनमा घाइते भएका थप चार जनाको उपचारका क्रममा मुत्यु भएपछि मृतकको संख्या ५५ पुगेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो ।
यस्तै, जेनजी आन्दोलनमा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ । आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो।
कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।