
काठमाडौं ।
सुर्खेत र नवलपरासी पश्चिममा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
सुर्खेत, वीरेन्द्रनगर–६ बाट ट्रामाडोल २४० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेटसहित वीरेन्द्रनगर–८ का २१ वर्षीय हरी बुढा पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न अर्का एक जनालाई समेत नियन्त्रणमा लिएको छ भने प्र.ले.का.प्र.०२–००१ प ९९९८ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
त्यसैगरी, नवलपरासी पश्चिमको बर्दघाट–१३ सन्ताउन्नपुल नजिकबाट डाईजेपाम, बुप्रेनोर्फिन र फेनारगन ३९–३९ एम्पुल तथा पाँच थान सिरिन्जसहित चितवनका ४० वर्षीय अजय श्रेष्ठ पक्राउ परेका छन्।
प्रहरीले दुबै घटनामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।