
काठमाडौं ।
देशका तीन फरक स्थानमा ३ जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
दाङको राप्ती नदी किनारमा लमही नगरपालिका–४ का ५८ वर्षीय ईश्वर चौधरीको शव आइतबार फेला परेको हो।
मोरङको रतुवा खोलामा र झापाको मेची खोलामा अन्दाजी ४० वर्षीय दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्, उनीहरूको परिचय खुलेको छैन।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।