काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान दिवसको अवसरमा सबैलाई शुभकामना दिँदै संविधानको रक्षा र समयानुकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन्।
उनले वर्तमान संविधानलाई सबै देशबासीको प्रतिनिधित्व भएको ऐतिहासिक उपलब्धि बताउँदै पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सोचसहित मुलुकलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
कोइरालाले संविधान कार्यान्वयनमा चुनौती आए शान्तिपूर्ण तरिकाले मिलेर समाधान खोज्नुपर्नेमा जोड दिँदै एकता भए असम्भव केही नहुने धारणा राखेका छन्।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।