
काठमाडौँ।
धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७, शिवपथ रोडस्थित एम.जी. स्टिल इन्डस्ट्रीज प्रा.लि. मा आज भएको आगलागी नेपाली सेनाको श्री विष्णुदल गणले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याएको छ।
प्रारम्भिक रूपमा ठूलो मानवीय क्षति नभएको बताइएको भए पनि उद्योग परिसरमा केही भौतिक क्षति पुगेको अनुमान छ। आगलागीको कारण भने खुल्न बाँकी छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।