
लन्डन, (एजेन्सी) ।
युरोकप २०२४ को विजेता स्पेन आगामी सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्न लागेको फिफा विश्वकपमा सहभागी नहुन सक्ने सम्भावना बढेको छ ।
पछिल्ला राजनीतिक परिस्थितिहरूले स्पेनको सहभागिता अन्योलमा पारेको हो । स्पेनको प्रमुख खेलकुद पत्रिका मार्काका अनुसार, यदि इजरायल विश्वकपमा छनोट हुन्छ भने स्पेनले विश्वकप बहिष्कार गर्न सक्ने सम्भावना बलियो रहेको उल्लेख गरिएको छ ।
यसको प्रमुख कारण स्पेन सरकारले इजरायलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धको माग गर्दै आएको दवाबलाई लिइएको छ । गाजामा जारी द्वन्द्वलाई लिएर स्पेन सरकार स्पष्ट रूपमा आक्रोशित देखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।