
काठमाडौँ ।
हाल देशभर मनसुनी प्रभाव कमजोर भई स्थानीय वायुको प्रभाव देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो र राति कोशी र बागमती प्रदेशका केही पहाडी स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।