
काठमाडौँ ।
हाल देशभर मनसुनी प्रभाव कमजोर रहे पनि स्थानीय वायुको असरले पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने अन्य स्थानहरूमा हल्का वर्षा हुन सक्छ।
राति पनि कोशीसहित पहाडी क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।