
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा शान्ति सम्झौता विषयमा सोमबार ह्वाइट हाउसमा स्वागत गर्ने भएका छन्।
ट्रम्पले हालै अरब र मुस्लिम नेतासँगको वार्तापछि युद्धविराम, बन्धक मुक्ती र हमास निशस्त्रीकरणको समझदारी सार्वजनिक गरेका हुन्।
योजना अनुसार इजरायलले एक हजारभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। यद्यपि नेतान्याहू भने गाजामा सैन्य कारबाही रोक्न इच्छुक छैनन्।
बन्धक परिवारले ट्रम्पको प्रस्तावलाई समर्थन गर्न आग्रह गरेका छन् भने गाजावासीमा आशा र अविश्वास मिश्रित प्रतिक्रिया देखिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।