०५ कात्तिक , काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रासस