काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नवमीका दिन बीपी राजमार्गको क्षतिग्रस्त भागको निरीक्षण गरेका छन्। गत वर्षको बाढीले क्षति पुर्याएको ३०.५ किलोमिटर सडक पुनर्निर्माणका लागि केही खण्डमा ठेक्का सम्झौता भइसकेको र बाँकी जाइकाको सहयोगमा निर्माण हुने जनाइएको छ।
मन्त्री घिसिङले दसैँ–तिहारको समयमा यात्रुहरूलाई सहज यात्रा सुनिश्चित गर्न अस्थायी ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन दिएका छन्। साथै, आगामी असोज १७–१९ गते भारी वर्षाको सम्भावना भएकाले यात्रा गर्दा सतर्क रहन आग्रह गरेका छन्।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।