काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले एक सूचना जारी गर्दै सम्पूर्ण चिकित्सकहरूलाई अबदेखि बिरामीलाई औषधि लेख्दा GENERIC नाममा र CAPITAL LETTER मा लेख्न निर्देशन दिएको छ।
यो निर्णय नेपाल सरकार तथा डीन कार्यालयको निर्देशन अनुसार गरिएको हो। कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामा औषधिको सही नाम र स्पष्टता कायम गर्न यस किसिमको नयाँ अभ्यास लागू गरिएको उल्लेख छ।
अस्पताल प्रशासनले चिकित्सकहरूलाई नयाँ नियमको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।