
काठमाडौं ।
डोटीको जोरायल गाउँपालिका–२ मा आज बिहान एउटा इभी गाडी दुर्घटना हुँदा २२ वर्षीया हरिना परियारको घटनास्थलमै मृत्यु भएको छ। अछामबाट धनगढी जाँदै गरेको सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी अनियन्त्रित भई भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो।
दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारका लागि धनगढी लगिएको छ। गाडी तीव्र गतिका कारण अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।