
काठमाडौं ।
बाराको सिम्रौनगढ नगरपालिकामा तिहारको तयारीस्वरूप माटो खन्दै गर्दा ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।