
काठमाडौँ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कोशीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।