
काठमाडौं ।
रूसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। क्षेत्रीय स्वास्थ्य मन्त्रालयका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा उपचाररत तीनमध्ये एक जनाको पनि मृत्यु भएको हो।
दागेस्तानका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले अस्पतालमा घाइतेहरूलाई भेटेका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर र अर्कोको मध्यम रहेको बताइएको छ।
दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरमा सात जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।