
काठमाडौँ।
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। साेमबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएकाे छ।
यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।