
उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ४ जहदीमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार साझँको ५ बजे कटारी नगरपालिका वडा नं. ४ जहडी स्थितमा लागू औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा ११ के.जि. ६६ ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका कटारी न.पा.४ बस्ने वर्ष अ २० को रंजित ठाकुर, ऐ वडा नं ७ बस्ने वर्ष अ ३९ को अरजित तामाङ र ऐ.ऐ वडा नं ८ बस्ने वर्ष अ. ५० को बिष्णु बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्मरण रहने : कि यस अघि पनि कटारी क्षेत्रबाट पटक पटक नै प्रहरीले चोरबाटो हुँदै बिक्री वितरणकालागि लैजादै गर्दाको अवस्थामा गाँजा सहित मानिसलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।