
काठमाडौँ।
दिल्ली विमानस्थलबाट शुक्रबार प्रस्थान गर्ने सबै इन्डिगो उडानहरू मध्यरातसम्म रद्द गरिएपछि यात्रुहरू व्यापक रूपमा प्रभावित भएका छन्।
विमानस्थलले जारी गरेको सूचनामा भनिएको छ– “डिसेम्बर ५ का लागि तय भएका इन्डिगोका सबै घरेलु उडान आज मध्यरात (२३:५९) सम्म रद्द गरिएको छ। अन्य एयरलाइन्स भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।”
एएनआईका अनुसार हालसम्म ५०० भन्दा बढी इन्डिगो उडान रद्द वा ढिलाइ भएका छन्, जसले गर्दा यात्रुहरूलाई ठूलो असुविधा भएको छ।
यात्रुहरू भन्छन – “सूचना नै पाइनौँ, भाडा आकाशै छुन थाल्यो”
बेंगलुरुकी यात्रु नमिताले भनिन्–“बुबाको अस्थि विसर्जनका लागि हरिद्वार जान लागेकी थिएँ। दिल्ली हुँदै देहरादून जानुपर्ने। यहाँ आएपछि मात्रै उडान रद्द भयो भनिएर रोकिएका छौँ। अर्को उडानको भाडा अहिले ६० हजार पुगेको छ।”
हैदराबादकी एक यात्रुले त झनै अचम्मको अनुभव सुनाइन्– “बिहान ५ बजे उडान रद्द भनियो, घर फर्किएँ। ७ बजे फोन— उडान जान्छ। फर्किएँ, फेरि लामो लाइन!”
पटना, मुम्बई, पुणे, कोलकाता लगायत सबै प्रमुख विमानस्थलहरूमा इन्डिगो यात्रुहरूको भीड बढ्दै गएको बताइएको छ।
यसैबीच, नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले पाइलट कर्तव्य नियमहरूमा केही छुट दिएको छ । बीबीसी
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।