सोनकलि थारु
जेठ ९, सुनवल बहुउदेश्यि सहकारि संस्था सुनवल ४ को आयोजनामा आज सुनवलमा एक कार्यक्रमको बिच विमा बापतको रकम हस्तान्तरण गरिएको छ ।संस्थाका शेयर सदस्य सुनवल ३ की शोभाकुमारी पौडेलको गत २०७३ माघ ७ गते दुर्घटना बाट मृत्यु भएको थियो । उहाको विमा बापतको रु २ लाख रकम उहाको पति राम प्रसाद पौडेललाइ उक्त कार्यक्रममा हस्तान्तरण गरिएको सस्थाका ब्यवस्थापक कृष्णप्रसाद भटटाराइले जानकारी दिनुभएको छ । सस्थाका संचालक समिति, शेयरसदस्य , कार्मचारी लगायातको उपस्थिी रहेको कार्यक्रममा सस्थाका अध्यक्ष चण्डीप्रसाद पाण्डेको अध्यक्षता रहेको थियो भने कार्यक्रमको संचालन उमानाथ पोख्रेलले गर्नुभएको थियो ।